एनएसएलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेडबीच खेल

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ।प्रतियोगिताको अपराजित ललितपुर र पुछारको वीरगञ्ज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ५ बजे भिड्न लागेका हुन्।अपराजित ललितपुर तीन खेलबाट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। ललितपुरले यसअघि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ।वीरगञ्ज हालसम्म जितविहीन छ। उसले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो ।एनएसएलको यो दोस्रो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, पोखरा थण्डर्स, ​धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, झापा एफसी, वीरगञ्ज एफसीर बुटवल लुम्बिनी सहभागी छन्।एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले हात पारेको थियो।

थाहा खबर बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!