विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ ९१३० ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ । पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ । अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ । पछि त्यसको उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।

रातोपाटी वाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!