महावै प्रबास समाज मलेसिया शाखा गठन । अध्यक्षमा अध्यक्ष दिपक शाही

कालिकोट । महावै प्रबास समाज मलेसिया शाखा गठन गर्ने केन्द्रिय समितिको निर्णय अनुसार महावै प्रवास समाज कालिकोटका केन्द्रीय समिति संरक्षक सर्जन रावतको अध्यक्षता महावै प्रबास समाजका केन्द्रीय कोषाध्यक्ष गोपाल शाहीको प्रमुख आतिथ्यता साथै अन्य सदस्यहरुको उपस्थितीमा भर्चुअल भेला माध्यमबाट भेला भइ महावै प्रबास समाज मलेसिया शाखा गठन गरिएको छ । कालिकोट जिल्लाको महावै गाउँपालिका बाट रोजगारीको सिलसिलामा विश्वको जुन सुकै कुनामा छरिएर रहनु भएका आम नागरीकहरुलाई एकता बद्ध गर्ने । उनिहरुका विभिन्न समस्याहरुको पहिचान गरी सहयोग गर्ने साथै महावै गाउँपालिकामा हुने नराम्रा कामहरु भष्ट्रचार, बिकृतीहरुको एकता वद्ध भएर बिरोध गर्ने तथा राम्रा कामहरुमा सहयोग र सर्मथन गर्ने । गाउँपालिका भित्र समस्यामा परेका मानिशहरुलाई हातेमालो गरेर सकेसम्मको सहयोग गर्ने र प्रवास मा रहेका सअबै दाजुभाइ बीच भाइचारा को सम्बन्ध काएम गर्ने उदश्यले उक्त समिति गठन गरीएको महावै प्रवास समाज कालिकोटका केन्द्रिय समिती अध्यक्ष अर्जुन सिंहले जानकारी दिनुभएको छ । महावै प्रबास समाज मलेसिया शाखा समितिमा अध्यक्ष दिपक शाही, बरिष्ठ उपाध्यक्ष अम्मराज भण्डारी, उपाध्यक्ष कमल सिंह ,उपाध्यक्ष सत्य शाही उपाध्यक्ष नवीन सिंह, उपाध्यक्ष सरोज बिक, सचिव राकेश जंङ सिंह, सह सचीव हस्त सिंह, सह सचीव दुर्गेश शाही ठकुरी र कोषा अध्यक्ष पुर्ण सिंह ९पीडित आत्मा० लगायतका ५३ सदस्यीय शाखा समिती गठन गरीएको अध्यक्ष सिंहले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!