पश्चिमी वायुको प्रभाव : बिहान सफा रहे पनि मौसम दिउँसो धुम्मिने

काठमाडौं : गएराति पश्चिमी वायुको प्रवेश भएसँगै सोमबार कोशी र मधेश प्रदेश बाहेक अन्य भूभागको अधिकांश स्थानमा बदली र छिटफुट वर्षा हुने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मलाई ढाकेको छ।मौसमविद् गंगा नगरकोटीका अनुसार यसैको प्रभावले देशको पश्चिमी क्षेत्रमा अहिले छिटफुट वर्षा समेत भइरहेको छ। बिहान काठमाडौं उपत्यकाको मौसम सफा देखिए पनि दिउँसो भने धुम्म हुने पूर्वानुमान गरिएको छ।बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन गरिएको छ। मौसमविद् नगरकोटीका अनुसार आज उपत्यकामा पश्चिमी वायुको प्रभावले बादल लिएर आउने छ भने तापक्रम खासै बढ्न दिने छैन। यसै कारण दिउँसो थप चिसो बढ्ने अनुमान छ।आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् नागरकोटीले बताइन्।

थाहा खबर बाट साभार

error: Content is protected !!