एक वर्ष बित्दासमेत माओवादी केन्द्रको उपनेता किन भएन चयन ?

 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत माओवादी केन्द्रले संसदीय दलको उपनेता चयन गरेको छैन । गत वर्ष निर्वाचन पश्चात् पुस ७ गते संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका थिए ।यस्तै, प्रमुख सचेतकमा सचिव हितराज पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए । उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले चासो देखाएका थिए । तर नेसपाका अध्यक्ष बाबुराम भट्टराईले महिन्द्रराय यादवलाई उपनेता बनाउन दबाब दिएका थिए । उपनेतामा विवाद उत्पन्न हुने देखिएपछि अध्यक्ष प्रचण्डले त्यतिबेला उपनेता चयन प्रक्रिया स्थगित गरेका थिए ।यद्यपि महिन्द्रलाई उपनेता बनाउने विषयमा पहिल्यै सहमति भएको नेसपाका महासचिव रमेश यादवले दाबी गरेका छन् । ‘हाम्रो पार्टी अलग भए पनि संसदीय दल माओवादी केन्द्र नै हो । त्यतिबेला प्रचण्डजी नेतामा सर्वसम्मत भएपछि उपनेता महिन्द्रलाई बनाउने पहिल्यै सहमति भएको थियो । बिचमा विवाद भएपछि उपनेता चयन प्रक्रिया रोकिएको हो’, यादवले रातोपाटीसँग भने ।यसैगरी माओवादीका उपसभापति मातृका यादवले महिन्द्रलाई उपनेता बनाउने सहमति भएको स्वीकार गर्दै नियुक्तिमा ढिलाइ भएकोबारे आफूलाई केही थाहा नभएको बताए । ‘त्यतिबेला महिन्द्रजीलाई उपनेता बनाउने सहमति भएको थियो । तर अहिलेसम्म किन भएन, त्यसबारे मलाई थाहा भएन । उपनेता नभए पनि काम चलिरहेकै छ’, यादवले भने ।माओवादी र नेसपा एकता छलफल : बाबुराम अध्यक्षसहित वैचारिक मोर्चा प्रमुख, महिन्द्र उपनेतामाओवादी र नेसपा एकता छलफल : बाबुराम अध्यक्षसहित वैचारिक मोर्चा प्रमुख, महिन्द्र उपनेताअहिले फेरि दुई पार्टीबिच एकता प्रक्रिया चलिरहेकाले यसको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनेता महिन्द्रलाई बनाउने त्यतिबेला सहमति भए पनि दुई पार्टीबिच देखिएको अविश्वासले ढिलाइ भएको बताए । पार्टी एकता प्रक्रिया टुङ्गो नलागेसम्म अब उपनेता चयन नहुने उनको भनाइ छ ।

रातो पाटी बाट साभार गरिएको

error: Content is protected !!