एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ : प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्।आज (आइतवार) यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे। ‘जुन कम्पनीको वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे ६ अर्ब रुपैयाँमा कसरी बिक्री हुन्छ? यो पत्याउन सकिन्न,’ सांसद सिंहले भने।सन् २०१६ मा तत्कालीन मुख्य कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ४४ अर्ब ७ करोडमा मलेशियाली कम्पनी आजियटालाई बिक्री गरेको थियो।

थाहा खबर बाट साभार गरिएको हो ।

error: Content is protected !!