इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ।नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो ।स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको​ छ। उत्तरी प्रान्त निनेवेहको कयारा तेल क्षेत्रबाट १.०३ मिलियन ब्यारेल र ४६४,७२८ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको जनाइएको छ।इराकको अर्थतन्त्र धेरै कच्चा तेलको निर्यातमा निर्भर छ । जसले देशको राजस्व ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।

थाहा खबर बाट साभार

 

error: Content is protected !!