हिमाली भू-भागमा हिमपातको सम्भावना

 

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

थाहा खबर बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!