काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो। काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ।बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ। पुस ६ गतेसम्म अनलाईबाट आवेदन दिन सकिनेछ।

थाहा खबर बाट साभार

error: Content is protected !!