कर्नाटक राज्य समिति ब्याङलोर द्धारा बिपन्न परिवारका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग ।


कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ मा रहेको श्री जनता मा.वि. छातीमा नेकपा माओवादी केन्द्र प्रवास नेपाली जनसम्पर्क विभाग कर्नाटक राज्य समिति ब्याङलोर द्धारा अत्यन्तै बिपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग स्वरुप स्टेशनरीका सामानहरु वितरण गरीएको छ । आज विद्यालयले आयोजना गरेको शुक्रवारीय कार्यक्रमको अवसरमा वडा नं १ का वडा अध्यक्ष बिर बहादुर रामजाली मगर वि.व्य.स. अध्यक्ष जवानसिंह सुनार, वडा सदस्यहरु, विद्यालयका निमित्त प्रध्यानाध्यापक दिपेन्द्र तिमिल्सेना, कर्नाटक राज्य समिति ब्याङलोरका अध्यक्ष बहादुर सिंह बिश्वकर्मा पत्रकार, शिक्षकहरु अभिभावक लगाएतको उपस्थितिमा स्टेशनरीका सामानहरु वितरण गरीएको हो । स्टेशनरी सामान प्राप्त गर्नेमा कक्षा चारमा अध्ययनरत लोकेश बुढा, कक्षा पाँचमा अध्ययनरत प्रकाश सुनार, कक्षा चारमा अध्ययनरत सुनमती सुनार, र कक्षा चारमै अध्ययनरत पंख बि.क रहेका छन ।

गाउँपालिकामा रहेका अति जोखीम र विपन्न परिवारका विद्यार्थीहरुलाई आफ्नो दैनीक खाजा खर्च बाट कटौती गरेर रकम जम्मा गरी सहयोग गर्नुका साथै नेपाल तथा भारतमा रहेका आमनागरीक हरुका समस्याहरुको पहिचान गरी आफुले सके सम्मको सहकार्य समन्वय र सहयोग गर्ने उदक्ष्यले २०८० भाद्र १० गते ब्याङलोरमा बहादुर सिंह बिश्वकमाको अध्यक्षतामा सत्ताईस सदस्यीय कर्नाटक राज्य समिति गठन गरीएको थियो । त्यसै अनुरुप आज स्वयम अध्यक्षकै उपस्थितिमा चार जना विपन्न परिवारका विद्यार्थीहरुलाइ सहयोग गरीएको बताईएको छ ।

विपन्न परिवारका विद्यार्थीहरुलाई स्टेसनरीका सामानहरु उपलब्ध गराएकोमा वडा अध्यक्ष रामजाली मगर, वि.व्य.स सुनार लगाएतले कर्नाटक राज्य समिति परिवार ब्याङलोरलाई धन्यवाद समेत दिएका छन । अन्त्यमा कर्नाटक राज्य समिति अध्यक्ष बिश्वकर्माले आगामी दिनमा पनि जोखीम तथा विपन्न परिवारका वालवालिकालाई गरिने सहयोगलाई निरन्तरता दिएर अगाडी बढ्ने बताएका छन ।

 

error: Content is protected !!