३६ औँ विश्व एड्स दिवस कालिकोटमा मनाईयो ।

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नं १ मान्म बजारमा ३६ औँ विश्व एड्स दिवस भव्य रुपमा मनाइएको छ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मुल नारासहित ३६औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम गरि मान्म बजारमा मनाईएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यावस्थापक डा. संकेत विश्वकर्माको सभाअध्यक्षता , खाडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यता, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको विषेश आतिथ्यता, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक पोषण थापा , कालिकोट जिल्ला नागरिक समाजका अध्यक्ष दमनराज वम, मेडिकल अधिकृत चन्द्रा शाह, स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत लगायतको उपस्थीतिमा दिवस मनाईएको बताईएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा कर्णाली प्लस कालिकोट ,खाडाचक्र नगरपालिका र राष्ट्रिय एच.आई.भि.एड्स महासंघ नेपालको सहयोगमा विश्व एड्स दिवस मनाईएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारि दिनु भएको छ । विश्वमा हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!