नेकपा माओवादी केन्द्र शुभकालिकाको उद्दार टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा ।


कालिकोट ः नेकपा माओवादी केन्द्र शुभकालिका गाउँपालिकाको उद्दार टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । जाजरकोट जिल्लाका भुकम्पले क्षती ग्रस्त घरहरुमा अस्थायी घरहरु निमार्णको लागि सहयोग गर्न उद्दार टोली त्यहाँ पुगेको हो । यती बेला उद्दार टोली जिल्लाको भेरी नगरपालिका वडा नं १ का अस्थायी घर निर्माणमा जुटेको छ । गएको कात्तिक १७ गते राती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षती पुर्याएपछि अहिले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता विभिन्न भातृय संगठनहरु वाई.सि.एल नेपाल अखिल क्रान्तिकारीको नेतृत्वमा देशै भरीबाट ठुलो संख्याको रुपमा राहत र पुर्ननिर्माणको कार्यमा टोली परिचालित भएको छ ।