बर्दिया । बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको हो ।आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातो पार्टि बाट साभार