कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हाम्रो आवाज, हाम्रो रोजाई भन्ने नाराका साथ लैङ्गिक हींसा विरुद्ध १६ दिने अभियान २०८० अन्र्तगत मानव अधिकार, वाल विवाह, छाउपडी प्रथा,जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । युरी.पि.एन युनिएनको आर्थिक सहयोग प्लान ईन्टरनेश्न लगाएतका साझेदारी संस्थाहरु दलित महिला संघ (फेडो नेपाल),मानव अधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) नेपाल कालिकोटको साझेदारीमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको थियो । (हुर्डेक) नेपाल कालिकोटकी सचिव रिता आचार्य (चौलागाई)को सभाअध्यक्षता, खाँडाचक्र नगरपालिकाकी कार्यपालिका सदस्य बिजा पाण्डेको प्रमुख आतिथ्यता, मानव अधिकारकर्मी काली बहादुर मल्ल वडा सदस्यहरु, दलित महिला सदस्य, फेडो नेपाल खाँडाचक्र नगरपालिकाकी फिल्ड सुपरभाईजर निदारा सुनार, महिला समुहका पदाधिकारीहरु किसोरी समुह लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण मानव अधिकारकर्मी काली बहादुर मल्लले गर्नुभएको थियो । २०७२ सालमा कालिकोटमा स्थापना भएको फेडो नेपालले २९ महिने विभिन्न क्षमता अभिवृद्धि कार्यक्रमहरु गर्दै आईरहेको छ । अहिले यो कार्यक्रम कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका,रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा लागु भएको छ । उक्त संस्थाले द्धन्द्ध प्रभावित बालबालिकाको राहत उद्धार र पुर्नस्थापना क्षेत्रमा साथै मानव अधिकार, महिलाहरुको अधिकार, दलितहरुको अधिकार,लक्षित वर्गहरुको अधिकारहरुको लागी काम गर्ने गर्छ ।





