बारा । बाराको कोल्हबी नगरपालिका-१ बटौलियामा ट्याक्टरबाट लडेर इक जना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको हो ।ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
रातो पार्टि बाट साभार गरिएको हो





