उर्मीला बचाउ अभियान प्रकाश शाहीको नेतित्वमा एक लाख भन्दा बढि रकम संकलन ।

विगत लामो समयदेखि Portal Hypertension and Splenomegaly रोगका कारण थला परेकी महावै गाउँपालिका वडा नं ६ की उर्मीला शाहीलाई बचाउनका लागि देश तथा विदेशमा रहनु भएका थुप्रै सहयोगी मनहरुले सहयोग रकम उपलब्ध गराउनु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण काठमाण्डाौं जान समेत समस्यामा परेकी उर्मीला शाहीलाई बचाउनको लागी महावै गाउँपालिकाका वडा नं ६ का एक जना समाजसेवी व्यक्ती प्रकाश शाहीले उर्मिला शाही बचाउ अभियान सञ्चालन गरेर सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । अहिले थुप्रै सहयोगी मनहरुले अभियानलाई ससक्त ढंगले अगाडी बढाएका छन् । उर्मीला शाही बचाउ अभियानका संयोजक प्रकाश शाहीका अनुसार अहिले सम्म एक लाख छब्बीस हजार सात सय बिस रुपैया सहयोग रकम उपलब्ध भएको बताउनु भयको छ । साथै सो रकम पटक पटक किस्तामा बिरामीलाई उपलब्ध गराई सकेको समेत बताउनु भयो । उर्मीला शाही बचाउनको लागी महावै प्रवास समाजले पनि एक लाख एघार हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ । अहिलेलाई सहयोग जुटाउने कार्य बन्द गरीएको र आवश्यक परे फेरी पनि अभियान चलाउने शाहिले जानकारी दिनुभयो । अन्त्यमा संयोजक शाहीले बहिनी उर्मिला शाहीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै छोटो समयमा यती धेरै आर्थिक सहयोग गरेर सहयोग गर्नुहुने देश तथा विदेशमा रहनु भएका सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!