कालिकोट– नेपाल कम्युनिष्ट पार्टीले जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ६ मालकोटलाई सि गाउँ घोषणा गरेको छ । जनयुद्धको उद्धमस्थल भनेर चिनिने मालकोटलाई पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सी को उपस्थितिमा आज एक कार्यक्रमको आयोजना गरी सि गाउँ घोषणा गरेको बताईएको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले यस अघि २०७९ साल असोज २५ गते देखी कात्तिक २ गते सम्म कपिलबस्तुमा आयोजना गरेको नवौं केन्द्रीय महाधिवेशन बाट आफ्नो नामको पछाडी पार्टीले सि जात लेख्ने निणर्य गरेको थियो । त्यसै अनुरुप नेकपा प्रवक्ता प्रकाण्ड सी ले आफ्नै जन्मभुमी अर्थात मालकोटलाई मंगलवार (सि) गाउँ घोषण गरेका र यो अभियान निरन्तर जिल्ला हुदै देशै भर फैलिने नेकपाका मध्य कर्णाली व्यूरो ईन्चार्ज बिवेक सि ले बताएका छन । ईन्चार्ज सि का अनुसार सि को अर्थ कम्युनिष्ट र कम्युनिष्टको अर्थ साम्यवादी भएको बताएका छन । विश्वमा देश र जनताका लागी थुप्रै क्रान्तिकारी आन्दोलन भएता पनि जातिय शोषण र दमन अझै अन्त्य नभएकाले यसको अन्त्य गर्ने उदश्यले पार्टीले यो निर्णण गरेको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी, विवेक सी, बलवान सी लगायतका नेताहरुको उपस्थिति रहको थियो ।