पचालझरना निशुल्क स्वास्थ्य शिविर अपडेट । ९७० जनाले लिए सेवा

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवामा आज अन्तीम दिन ९७० जनाले लिए सेवा लिएका छन् । तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ दुर्गम क्षेत्रका नागरिकहरुले सहज रुपमा सेवा पाउने उदेश्यले स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य ब्यबस्थापक डा संकेत बिश्वकर्मा लगायतको टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवामा राम्नाकोटका महिला ६८५ र पुरुष २८५ गरी जम्मा ९७० जनाले सेवा लिएका हुन् । जसमध्ये सेवा लिनेहरुमा आँखा उपचार सेवाको लागि महिला २०६ र पुरुष ११७ जना, स्वास्थ परिक्षण तथा उपचारको लागि महिला ३४०, पुरुष १४४ जना दन्तरोग तथा मुख स्वास्थ्यको लाागि महिला ६९ पुरुष २३ जना क्षयरोगको लागि महिला ५० पुरुष २० जना, स्त्री तथा प्रसुति रोगको लागि २३३ जना, रिङ्ग पेसरि राखेको ९ जना, भिआईए पोजेटिभ ३६ जना , प्रयोगशाला सेवाको लागि महिला १३३ पुरुष २७७ जना,भिडियो एक्स रे मा महिला २२१ पुरुष ६७ जना, पुरुष बन्ध्याकरणमा १० जना ,माईनर अप्रेसनमा १ जना महिला ,जेष्ठ नागरिक हरुलाई वाल्कीङ एड. महिला ५ र पुरुष ९ जना, मनोसामाजिक परामर्श सेवामा महिला १ जना, कुष्ठ रोगको नमुना संकलन १ जना महिला ,ई.सि.जि.महिला ८ जना पुरुष ३ जना, गरि जम्मा ९७० जनाले सेवा लिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भएको छ । उक्त शिविरमा स्वास्थ्य शिक्षा पर्दशनी तथा ब्रोसर ७०० प्रति निशुल्क औषधि बितरण गरिएको पनि बताईएको छ । स्थानिय स्तरमा नै सेवा लिन पाउदा त्यहाँका नागरिकहरु खुसी भएका छन् ।

error: Content is protected !!