तिलागुफा नगरपालिकाको हिँउदे अधिवेशन माघ २१ गते हुने ।।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको हिँउदे अधिवेशन माघ २१ गते हुने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले नगरपालिकाको वडा नं १० रुडुबन्चुमा हिँउदे अधिवेशन गर्ने निर्णय भयको नगर उपप्रमुख महेन्द्र शाहिले बताउनु भयको छ । नगर प्रमुख शंकर प्रसाद उपाध्याय को अध्यक्षतामा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको बताईएको छ । बैठकले नगरपालिका वडा नम्बर १० को रूडुबन्चुलाइ पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले अधिवेशन रूडबन्चुमा गर्ने लगायतका निर्णय गर्दै बैठक सम्पन्न भएको उपप्रमुख शाहिले बताउनु भयको छ ।