उर्मिला शाहीलाई बचाउनको लागी महाबै प्रवास समाज कालिकोटको एक लाख सहयोग ।

विगत लामो समयदेखि Portal Hypertension and Splenomegaly रोगका कारण थला परेकी महावै गाउँपालिका वडा नं ६ की उर्मीला शाहीलाई बचाउनका निमित्त यती बेला देश तथा विदेशमा रहनु भएका थुप्रै सहयोगी मनहरुले सहयोग रकम उपलब्ध गराउनु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण काठमाण्डांै जान समेत समस्यामा परेकी उर्मीला शाहीलाई बचाउनको लागी महावै गाउँपालिकाका एक जना समाज सेवी व्यक्ती प्रकाश शाहीले उर्मिला शाही बचाउ सञ्चालन गरेर सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । त्यसै अनुरुप अभियानलाई ससक्त ढ्ंगले अगाडी बढाउदै महावै प्रवास समाज कालिकोटले एक लाख एघार हजार एक सय पाँच रुपैयाँ रकम सहयोग गरेको छ । महाबै प्रवास समाजका प्रमुख सल्लाहकार मनिष भट्टराई सहितको टीमले बिमारी लाई विर अस्पताल काठमाण्डौंमा प्रत्यक्ष भेटघाट गरि रकम हस्तान्तरण गर्नु भएको महावै प्रवास समाज कालिकोटका अध्यक्ष अर्जुन सिंहले बताउनु भएको छ । विभिन्न समस्यामा परेका नागरीकहरुलाई सहयोग गर्न पछिल्लो समय महावै प्रवास समाज कालिकोटले महत्वपुर्ण भुमिका खेल्नुका साथै समाज सेवाको कार्यमा अग्रसर समेत देखीएको छ । साथै अन्त्यमा महावै प्रवास समाज कालिकोटका अध्यक्ष सिंहले बहिनी उर्मिला शाहीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्नुहुने महाबै प्रवास समाज कालिकोटका सम्पूर्ण पदाधिकारी लगायत देश विदेश बाट सहयोग गर्नुहुने सहयोगी मन हरुलाई धन्यबाद व्यक्त गर्नु भएको महाबै प्रवास समाज कालिकोटका महासचिव जनक सिंहले वताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!