पचालझरनामा निशुल्क स्वास्थ्य शिविर । पहिलो दिन ४५८ जनाले लिए सेवा

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहिलो दिन आज ४५८ जनाले लिए सेवा लिएका छन् । तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ दुर्गम क्षेत्रका नागरिकहरुले सहज रुपमा सेवा पाउने उदेश्यले स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य ब्यबस्थापक डा संकेत बिश्वकर्मा लगायतको टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवामा राम्नाकोटका महिला ३२४ र पुरुष १३४ गरी जम्मा ४५८ जनाले सेवा लिएका हुन् । जसमध्ये सेवा लिनेहरुमा आँखा उपचार सेवाको लागि महिला ५४ र पुरुष ८६ जना, स्वास्थ परिक्षण तथा उपचारको लागि महिला १७६, पुरुष ५६ जना दन्तरोग तथा मुख स्वास्थ्यको लाागि महिला २५ पुरुष १४ जना क्षयरोगको लागि महिला र पुरुष २ जना, स्त्री तथा प्रसुति रोगको लागि १०३ जना, रिङ्ग पेसरि राखेको ३ जना प्रयोगशाला सेवाको लागि महिला ५३ पुरुष २७ जना,भिडियो एक्स रे मा महिला ७१ पुरुष २८ जना, पुरुष बन्ध्याकरणमा ५ जना ,माईनर अप्रेसनमा १ जना महिला ,जेष्ठ नागरिक हरुमा महिला १ र पुरुष ६ जना गरि जम्मा ४५८ जनाले सेवा लिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भएको छ । उक्त शिविरमा स्वास्थ्य शिक्षा पर्दशनी तथा ब्रोसर का ४०० प्रति निशुल्क औषधि बितरण गरिएको पनि बताईएको छ ।सो अभियान मंसिर १२ गते सम्म सञ्चालन हुने जनस्वास्थ्य अधिकृत महतले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!