महावै प्रबास समाज दक्षिण कोरिया शाखा गठन । अध्यक्षमा सुमन सिंह ठकुरि

कालिकोट । महावै प्रबास समाज दक्षिण कोरिया गठन भयको छ । महावै प्रवास समाज कालिकोटका अध्यक्ष अर्जुन सिंह अनुरागको अध्यक्षता महावै प्रबास समाज कालिकोटका संरक्षक सर्जन रावतको प्रमुख आतिथ्यता साथै अन्य सदस्यहरुको उपस्थितीमा भर्चुअल माध्यमबाट बैठक बसी महावै प्रबास समाज दक्षिण कोरिया गठन गर्ने निर्णय गरिएको हो । कालिकोट जिल्लाको महावै गाउँपालिका बाट रोजगारीको सिलसिलामा विश्वको जुन सुकै कुनामा छरिएर रहनु भएका आम नागरीकहरुलाई एकता बद्ध गर्ने उदेश्यले समाज गठन गरियको बताईएको छ। उनिहरुका विभिन्न समस्याहरुको पहिचान गरी सहयोग गर्ने साथै महावै गाउँपालिकामा हुने नराम्रा कामहरु भष्ट्रचार, बिकृतीहरुको एकता वद्ध भएर बिरोध गर्ने तथा राम्रा कामहरुमा सहयोग र सर्मथन गर्ने । गाउँपालिका भित्र समस्यामा परेका नागरिकहरुलाई हातेमालो गरेर सकेसम्मको सहयोग गर्ने उदश्यले उक्त समिति गठन गरीएको महावै प्रवास समाज कालिकोटका अध्यक्ष अर्जुन सिंहले जानकारी दिनुभएको छ । महावै प्रबास समाज दक्षिण कोरिया समितिको अध्यक्षमा शुमन सिंह ठकुरी, बरिष्ठ उपाध्यक्ष छत्र कठायत, उपाध्यक्ष नन्द बहादुर शाही, सचिब कृष्ण भट्टराई, सहसचिब बिशन बि।क, कोषाध्यक्ष नवीन सुनार, सह कोषाध्यक्ष कमल बोहरा, आर्थिक बिभाग प्रमुख पंख बिस्ट, अनुशासन आयोग प्रमुख कमल शाहि, संरक्षक सर्जन रावत, प्रमुख सल्लाहकार रमेश शाही सल्लाहकार बालकृष्ण सिंह, गगन शाही, पदम अधिकारी हिक्मत शाही लगायत पैतिस सदस्यीय समिति गठन गरिएको प्रवास समाज कालिकोटका अध्यक्ष सिंहले जानकारी दिनु भएको छ ।

error: Content is protected !!