युकेको नागरिक हुँ विहे गरेर लैजान्छु भन्दै ठगी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ : एक महिलाले युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाएर ठगी गरेको पाइएको छ।सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी ३ लाख ३० हजार बढी ठगी गरेको पाइएको प्रहरीको साइबर व्यूरोले जनाएको छ । यसरी ठगी गर्नेमा पाँचथर फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको प्रहरीले जनाएको छ।उनले युकेको नागरिक हुँ, विवाह भएको छैन भनी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ। ठगिएपछि पीडितले दिएको निवेदनका आधारमा विद्युतीय माध्यामबाट ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!