खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङ — पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ की ३० महिनाकी आरिमा राईको साकेला गाउँपालिका–२ रतन्छास्थित मामाघरको माछापोखरीमा डुबेर आइतबार मृत्यु भएको हो ।दिउँसो खेल्ने क्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारकाका क्रममा साकेला आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।रुखले किचेर एक जनाको मृत्यु भएको छ । जन्तेढुङ्गा गाउँपालिका–३ छिमाभन्ज्याङका ६३ वर्षीय दीर्पमान राईको शनिबार मृत्यु भएको हो । घर बनाउनका लागि रुख काट्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कान्तिपुर बाट साभार

error: Content is protected !!