जाजरकोटमा भूकम्प पिडित सुत्केरीको चिसोबाट मृत्यु

कालिकोट । भूकम्पले घरमा क्षति पुगाएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका वडा नं ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तेजबहादुर सिंहले भने, घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ । चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले घर भत्काउदा २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । भूकम्पले घर भत्कीएपछी यो हिउँदको जाडोमा पनि हजारौ मानिसहरु खुल्ला आकाशको त्रिपालमुनी बस्न बाध्य छन ।

error: Content is protected !!