एमाले सचिव योगेश भट्टराई चढेको गाडी तोडफोड ।

कालिकोट । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम आयोजना गरीएको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ बसपार्क नजिकै ढुंगा प्रहार गरेका ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए । ढुंगा लागेर भट्टराई चढेको गाडीको अगाडिको सीसा समेत फुटेको बताइएको छ । भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!