
कालिकोट। जिल्लाको पचालझरना गाउँपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवाका लागि पुर्व तयारी तथा समन्वयात्मक वैठक सम्पन्न भएको छ । तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ सहज रुपमा सेवा पाउने उदेश्यले दुर्गम तथा पिछडिएको बस्तिका नागरिकहरुका लागि निशुल्क शिविर सञ्चालन गर्न लागीएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य ब्यबस्थापक डा संकेत बिश्वकर्माको अध्यक्षता पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाहि अग्नीको प्रमुख आतिथ्यता, अस्पताल बिकास समिति अध्यक्ष गोगन बहादुर मल्लको विशेष आतिथ्यता, गाउँपालिकाका प्रथम अध्यक्ष खडकराज सेजुवाल, जनस्वास्थ्य अधिकृत कटक बहादुर महत, बिशेषज्ञ चिकित्सक, सम्पुर्ण स्वास्थ्य कर्मीहरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, सम्पुर्ण कर्मचारीहरु, सम्पुर्ण जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु लगाएतको उपस्थितिमा पुर्ब तयारी तथा समन्वयात्मक बैठक सम्पन्न भएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भएको छ ।

दुर्गम तथा पिछडीएको बस्तीका नागरीकहरुका लागि शिविर सञ्चालनको आयोजना गरेकोमा गाउँपालिका अध्यक्ष देबराज शाही अग्नीले स्वास्थ्य सेवा कार्यालयलाई धन्यवाद समेत दिनु भएको छ । दुई दिन सम्म चल्ने उक्त निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री तथा प्रसुती सेवा, परिवार नियोजनको अस्थाई तथा पुरुषहरुको स्थाई बन्ध्याकरण सेवा, दन्तरोग तथा मुखको स्वास्थ्य सेवा, आँखा उपचार सेवा,औलो तथा कालाजर रोग क्षयरोग÷कुष्ठरोग सेवा,मनोसामाजिक परामर्श सेवा, यौन रोग सेवा, निदानात्मक सेवाहरु, सामान्य सल्यक्रीया लगाएतका सेवाहरु प्रदान गरीरे जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वयमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन हुन लागीएको हो ।






