नेकपा माओवादी केन्द्र शुभकालिका गाउँकमिटिको प्रशिक्षण कार्यक्रम सम्पन्न ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पार्टीका गाउँ कमिटि अध्यक्ष जवानसिंह सुनारको अध्यक्षता, पुर्व सामान्य प्रशासन मन्त्री तिन महीने रुपान्तरण अभियानमा जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता, प्रदेश कमिटि सदस्य तथा रुपान्तरण अभियानका गाउँपालिका ईन्चार्ज तारा न्यौपाने, प्रदेश कमिटि सदस्य महारुद्ध आचार्य महान को विषेश आतिथ्यता पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु, गाउँ कमिटिका पदाधिकारीहरु पार्टीका ८ वटै वडाका वडा अध्यक्ष तथा सचिवहरु, जनवर्गीए सङ्गठनका प्रमुखहरु लगाएतको उपस्थितीमा गाउँपालिकाको तिन महिने विशेष रुपान्तरण अभियानको समिक्षा साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको योङ्ग कम्युनिष्ट लिग  वाई सि एल नेपालका प्रदेश कमिटि सदस्य विरेन्द्र खत्रीले बताएका छन । नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासंग जोड्ने उदेश्यले यस अघिनै देशभर जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गरेको थियो । मुलुकमा राजनितिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियान मार्फत आसन्न निर्वाचनमा जनताको मन जितेर मत प्राप्त गर्ने उदेश्य राखेको छ त्यसै अनुरुप नेताहरु जनताको घर घरमा पुगेर जनताका समस्याहरु पहिचान गरेका थिए भने नेताहरुकै उपस्थितीमा देशका विभिन्न ठाँउमा श्रमदान वाट उदारणीय कामहरु समेत भएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा जाजरकोट भुकम्प प्रभावित क्षेत्रको राहत वितरण र पुर्ननिर्माणमा कार्यकर्ताहरुलाई खटाउने विषयमा पनि छलफल भएको सदस्य खत्रीले बताएका छन ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!