जन्मँदैखेरि कोही राजा हुने कुरा अब स्विकार्न सकिँदैन अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मँदैखेरि कोही राजा हुने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार काठमाडौँमा नेपाल संवतका अवसरमा गरिएको कार्यक्रममा उनले सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने उल्लेख गरेका हुन् ।ओलीले भने–‘जनताभन्दा एउटा व्यक्ति ठुलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्विकार्न सक्दैन । अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्विर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ ।’उनले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गरे । उनले प्रश्न गरे–‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिंगो भारतको हुन ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन ।’उनले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एकमात्र पार्टी भएको दाबी गरे । ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गरे । उनले भने–‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । केही समय अघि हिन्दु र मुसलमानका बिचमा लडाई लडाउने प्रयास भयो । त्यसमा असफल भए । त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ ।’अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उनले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गरे ।उनले राष्ट्रपतिले छानी छानी गुन्डाहरूलाई माफी दिने गरेको, भ्रष्टाचार बढेको, सुन तस्करी बढेको भन्दै कुशासनको चर्चा गरेर साध्यै नरहेको बताए । ओलीले नेपालको सीमा रक्षाका लागि नेपाली जनतालाई लिएर एमाले लड्न तयार रहेको पनि उल्लेख गरे ।

रातो पार्टि बाट साभार

error: Content is protected !!