पिकनिकबाट फर्किएको बस दुर्घटना, तीनको मृत्यु, १२ गम्भीर

उदयपुर : उदयपुरमा​ पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी १ बजेको समयमा भएको उक्त दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन्।बसमा सवार ४० जना रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले थाहाखबर बताए।दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताए।उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको उनले जानकारी दिए।त्यहाँको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको थियो। चालकले तेल हाल्न भनी झुक्याएर पिकनिकका लागि बस लिएर गएका बताइएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!