कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिकामा मान्म बजारमा मंगलवार उद्घाटन भएको तेस्रो जेसीज कप हिजो शुक्रबार समापन भएको छ । कर्णाली जेसीज कालिकोटको आयोजनामा पुरुष खुल्ला भलिवल प्रतियोगिता सास्कृतिक कार्यक्रम साथै बक्तित्वकला प्रतियोगीता संचालन गरेको थियो । तेस्रो जेसिज कप वर्ष २०२३ को प्रथममा रज फाउन्डेसन हिमा गाउँपालिका जुम्ला खुल्ला पुरुष भलिबल प्रतियोगिताको बिजेता बनेको छ । तेर्सो जेसिज कपको फाईनल खेलमा नरहरिनाथ गाउँपालिका कालिकोट र रज फाउन्डेसन हिमा गाउँपालिका जुम्ला बिच प्रतिस्पर्धा भएको थियो जसमा रज फाउन्डेसन जुम्लाले नरहरिनाथ गाउँपालिकालाई बेस्टप ५ को खेलमा २–२ सेट बरावर गरि तेस्रो सेटमा पराजित रज फाउन्डेसन जुम्ला बिजेता बनेको हो । उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय भलिबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाही जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डे कार्यक्रम संयोजक वर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहिले भलिबल उद्घाटन गरेका थिए । चार दिन सम्म चलेको तेस्रो जेसीज कपमा १४ वटा टिमले सहभागीता जनाएका थिए ।येस्तै समाज रुपान्तरणमा युवाहरुको भुमिका भन्ने विषयमा बक्तित्वकला प्रतियोगितामा शुभकालिका गाउँपालिका ६ का सुरेश शाहि प्रथम भएका छन । पाँच जनाको सहभागी रहेको बक्तित्वकलामा शाही प्रथम भएका हुन । कार्यक्रम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी हरीप्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश कमितिका प्रवक्ता दमनबहादुर शाहीको विषेश आतिथ्यतामा र अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधि खेलकुद् प्रशिक्षक, नागरिक समाज र पत्रकार लगायतको सहभागिता रहेको थियो ।