बन्चरो प्रहार बाट जुम्लामा महिलाको हत्या

कालिकोट—जुम्लामा बन्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउककपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बन्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । ’जिल्ला प्रहरी कार्यालय जुम्लादेखि घटनास्थलतिर प्रहरी टोली खटिइसकेको छ,’ प्रहरी निरीक्षक चन्दले भने, । बन्चरो हान्ने श्यामबहादुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् । उनलाई प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्दको भनाइ छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!