कृषि क्षेत्रमा आकषर्ण बढाउन कृषि स्रोत केन्द्रको भवन शिलान्यास

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीमा कृषि वन स्रोत केन्द्रको भवन शिलान्यास गरीएको छ । श्री सरल जनजागरण कृषि सहकारी संस्था लिमिटेडको आयोजना ईकोहिमाल नेपालको सहजिकरण तथा जिल्लाको खाँडाचक्र नगरपालिकाको सहयोगमा भवन शिलान्यास कार्यक्रम आयोजना गरीएको हो । सरल जनजागरण कृषि सहकारी संस्थाकी अध्यक्ष अस्मीता खत्री (विष्ट)को अध्यक्षता खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख गणेश बहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु पुर्व जनप्रतिनिधिहरु, पत्रकार, ईकोहिमाल नेपालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भवन शिलान्यास गरीएको हो ।

कृषि वन स्रोत केन्द्र भवनको नन्द प्रसाद पाण्डेले ७०० वर्ग मिटर जग्गा दान गर्नु भएको छ । अहिले बिश्वव्यासी रुपमा कृषि क्षेत्रमा आकषर्ण घटिरहेका बेला त्यसको असर हाल कृषि प्रधान देश नेपालमा पनि परीरहेकाले ग्रामीण क्षेत्रका किसानहरुलाई आकषर्ण गर्नको लागी र बढ्दै गएको जलवायु परिवर्तनका असरहरुलाई रोगथाम गर्ने उदश्यले ईकोहिमाल नेपालले बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ । कृषकलाई प्राविधिक ज्ञान नहुने भएकाले कृषकहरुलाई प्राविधिक ज्ञान सिप र क्रियाकपालहरु सिकाउनको लागी स्रोत केन्द्र स्थापना हुन लागेको ईकोहिमालका कार्यक्रम संयोजन दिपेन्द्र अर्यालले वताउनु भयो ।

उक्त स्रोत केन्द्रमा कृषि क्षेत्रका नविनतम प्रविधिहरु पर्दशनको लागी राखीने र कृषकहरुले त्यसै बाट विभिन्न क्रियाकपाल सिकेर उत्पादनको स्रोत बढाउन स्रोत केन्द्रले सहयोग पुगाउनेमा समेत कार्यक्रम संयोजन अर्यालले जोड दिनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिति तथा नगरप्रमुख कमल बहादुर शाहीले कृषि क्षेत्रलाई प्राथमीकता दिदै ईकोहिमाल संग सहकार्य गरेर कृषकहरुको मुहार बदल्न नगरपालिका तयार रहेको वताउनु भयो ।

बढ्दै गईरहेको जलवायु परिवर्तनलाई रोक्न सडक खनेको ठाँउमा अनिवार्य रुप रोप्ने अभियान पनि नगरले संचालन गर्नेमा जोडदिनु भयो । अन्तमा भवन निमार्णको जग्गा दान परेर पवित्र कार्य गरेकोमा जग्गा दातालाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!