बागबजारबाट झण्डै एक करोडसहित हुण्डी र क्रिप्टो कारोबारी पक्राउ

काठमाडौँ : काठमाडौँको बागबजारबाट एक करोड रुपैयाँसहित हुण्डी र क्रिप्टो करेन्सी कारोबारी पक्राउ परेका छन्।नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध हुण्डी कारोबार गरी नेपाल राष्ट्र बैंक ऐन,२०५८ अन्तर्गतको कसूर गरेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो।विभिन्न स्थानमा केही व्यक्तीले आपराधिक समूह बनाई उक्त कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली उनको घर पुगेको थियो।उनलाई घरमै पक्राउ गरी मोबाइल जाँच गर्दा नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिइ विद्युतीय माध्यमबाट हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैधरुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।उनको घर खानतलासी गर्दा ८९ लाख ६९ हजार रुपैयाँ र सात हजारबढी अमेरिकी डलर (रु नौ लाख बढी) गरी जम्मा ९९ लाख २ हजार रकम बरामद भएको छ।उनलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

थाहा खबर बाट साभार

error: Content is protected !!