तीव्र गतिका कारण दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

कालिकोट । सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीनजना युवकको मृत्यु भएको छ । सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा बुधबारे भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी प्रादेशीक अस्पताल पु¥याउँदा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको थियो । दुर्घटनामा अर्नामा गाउँपालिका–५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन् । घाइते भएका यादव लाई प्रादेशिक अस्पताल सिरहामा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै विराटनगर रिफर गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!