दुई प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ । यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
नेपाली नेटवर्कवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!