मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

७ मंसिर, काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४. ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।
अनलाईन खवरबाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!