कालिकोटमा प्रकाण्डको गर्जन संसदीय व्यवस्था दलाल र भष्ट्रचारीहरुको व्यवस्था हो


कालिकोट जिल्लाको मान्म बजारमा नेपाल कम्युनिष्ट पार्टी बिप्लप निकटको जनसभा सम्पन्न भएको छ । एकिकृत जनक्रान्ती जिन्दावाद ’दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ’भन्ने मुल नाराका साथ नेकपाको जनसभा सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टि मध्य कर्णाली व्युरोको आयोजनामा पार्टी गठनको ऐतिहाँसीक १० औँ वार्षिक उत्सवको अवसरमा आज देशै भर जनसभा आयोजना गरिएको थियो । स्थायी समिति सदस्य तथा पार्टीका प्रवक्ता प्रकाण्ड सि. लगायत पार्टीका अन्य नेताहरुको उपस्थीतिमा जनसभा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताईएको छ । बिसाल जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भष्ट्रचारीहरु सत्तामा भएका कारण नेपालीहरुको जिवन धरापमा परेको वताउनुभयो ।

जनताको आन्दोलन क्रान्ती र शक्तीलाई दुनीयामा कसैले निमोठ्छु भन्दा शासक वर्गहरु जनताको शक्तीले आफै निमोठीने वताउनु भयो । साथै दलाल संसदिय व्यवस्थाको विरुद्ध एक पटक आफ्नो पार्टीले अन्तीम लडाई लड्ने र त्यसको लागी आम नेपाली जनताले साथ दिनुपर्ने पनी अपिल गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टी सधै जनताको साथमा रहेको वताउनु भयो । उहाँले नेपालका सवै राजनितिदलहरुलाई एक पटक अवसर आएको र अवसरको रक्षा गर्न नसक्दा नेपाली जनताको साथ टुट्दै गएको धारण राख्नु भयो । तसर्थ त्यो अवसर अहिले आफ्नो पार्टीलाई प्रधान भएको र पार्टी सधै नेपाली जनताको साथमा रहने जानकारी दिनुभयो । जनसभा कार्यक्रममा जनसाँस्कृतिक कलाकारहरुले विभिन्न प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!