अहिलेको व्यवस्थाका विरूद्ध षड्यन्त्र गरे थप कठोर हुन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने बताएका छन्।काठमाडौंमा भएको एक कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री दाहालले जनताले संघर्षले अहिलेको व्यवस्था आएको बताए।‘यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका छन्, जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रधानमन्त्री दाहालले भने।पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउन खोजेको उनले बताए।‘अहिले पनि त्यही कोसिस हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’ उनले भने।कार्यक्रममा प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको पनि बताए।‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो,’ उनले भने, ‘एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन्। उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं। लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला।’अहिलेको व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने उनले बताए ।

रातो पार्टि बाट साभार गरिएको हो

तपाईको प्रतिक्रिया
error: Content is protected !!