अर्जेन्टिना र ब्राजिलका समर्थकबीच झडप आधा घण्टा खेल रोकियो

विश्वकप छनोट सन् २०२६ अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच आजको खेल शुरु हुनुअघि दुई देशका समर्थकबीच झडप भएको छ । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा केहीबेर खेल रोकिएको थियो । नेपाली समय अनुसार बिहान सवा ६ बजे शुरु हुनुपर्ने खेल तनावका कारण आधा घण्टा रोकिएको थियो । दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै समर्थकबीच कुटाकुट हुँदा रङ्गशाला केही बेर तनावग्रस्त बनेको थियो ।अवस्था शान्त भएपछि अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । ६३ औँ मिनेटमा अर्जेन्टिना एक गोलले अगाडि छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
उज्यालो वाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!