‘एन्टिबायोटिक्स’ले मर्छन् बर्सेनी सात लाख मानिस, नेपालमा पनि भयावह बन्दै

काठमाडौं  पछिल्लो समय विभिन्न प्रकारका समस्या लिएर अस्पताल पुग्ने बालबालिका‚ युवा तथा वृद्धवृद्धा सबै बिरामीलाई चिकित्सकले सिफारिश गर्नेमध्येको साझा औषधी हो ‘एन्टिबायोटिक्स’। आफूखुशी किनेर होस् वा चिकित्सकले अनावश्यक तवरबाट सिफारिश गरेर होस्, पछिल्लो समय एन्टिबायोटिक्सको प्रयोग तीव्र गतिमा बढ्दो छ। यसरी जथाभावी एन्टिबायोटिक्सको प्रयोग बढ्दै जाँदा विविध रोगका लागि सेवन गरिने औषधीले काम नगर्ने अवस्था आउन थालेपछि पछिल्लो समय संक्रमणका कारण नै अस्पतालमा बिरामीको मृत्यु बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख तथा राष्ट्रिय प्रतिजैविक प्रतिरोध प्राविधिक कार्य समितिका अध्यक्ष डा। मदनकुमार उपाध्यायका अनुसार पछिल्लो समय अस्पतालमा मृत्यु भएका करिब एक तिहाइको मृत्यु संक्रमणकै कारण हुने गरेको छ। ‘सामान्य रुघाखोकी लाग्दा पनि आफूखुशी एन्टिबायोटिक्स किनेर खाँदा जटिल शारीरिक समस्या आएर अस्पतालमा उपचार गर्दा देखिएको रोग सञ्चो भए पनि विभिन्न कारणले संक्रमण हुँदा एन्टिबायोटिक्सले काम नगर्ने भएर बिरामीको मृत्यु हुने दर हाम्रोमा बढ्दो छ विशेषगरी ट्रमा केसमा विभिन्न खालका सर्जरी गर्दा संक्रमण नफैलियोस् भनेर एन्टिबायोटिक्स चलाउने गरिन्छ तर मानिसको शरीरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पहिले नै धेरै खालका एन्टिबायोटिक्स रहेका कारण हामीले अस्पतालमा प्रयोग गर्ने एन्टिबायोटिक्सले काम गर्न छाडेकाले धेरै बिरामीको मृत्यु हुने अवस्था आएको हो’‚ डा।उपाध्यायले भने। हाल नेपालमा खाने ट्याब्लेटको रूपमा प्रया ३० प्रकारका एन्टिबायोटिक्सको प्रयोग गरिने भए पनि संक्रमण भएर अस्पताल भर्ना हुने प्राय बिरामीलाई ट्याब्लेट स्वरूपमा दिइने एन्टिबायोटिक्सले काम नगरेपछि इन्जेक्सन मार्फत दिइने एन्टिबायोटिक्स प्रयोग गर्नुपर्ने अवस्था आएको छ। ‘एन्टिबायोटिक्सको ट्याबलेटले काम नगरेर इन्जेक्सन दिनुपर्ने अवस्था आएको छ’, डा उपाध्यायले भने, ‘यसले बिस्तारै नेपालमा पनि मृत्यु बढाउँदै लगेको छ उनले भने। एन्टिबायोटिक्स औषधीले काम नगर्दा लामो समय अस्पतालमा बस्नुपर्ने, औषधी परिवर्तन गर्दै जानुपर्ने बाध्यता नागरिकमा देखिन थालेको छ’। विरामीको शरीरमा भएको ब्याक्टेरिया मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधीलाई एन्टिबायोटिक्स भनिन्छ। जुन शरीरमा विभिन्न प्रकारको संक्रमण हुँदा चिकित्सकको सल्लाहमा प्रयोग गर्ने गरिन्छ।अर्को तर्फ चिकित्सको निगरानीमा खानै पर्ने एन्टिबायोटिक्स पनि मानिसले पूरा डोज नखाने गर्दा पनि एन्टिबायोटिक्स रेसिस्टेन्स  एन्टिबायोटिक्सले काम नगर्ने अवस्था० हुँदै गएको हो। ‘बिरामीको शरीरमा भएको ब्याक्टेरिया मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधीलाई एन्टिबायोटिक्स भनिन्छ। जुन शरीरमा विभिन्न प्रकारको संक्रमण हुँदा चिकित्सकको सल्लाहमा प्रयोग गर्ने गरिन्छ’, उपाध्याय भन्छन्, ‘सामान्यतया एन्टिबायोटिक्स ३ वा ५ दिनदेखि ७ दिनसम्म खानुपर्ने हुन्छ तर चिकित्सकले प्रेस्क्राइब गरेको एन्टिबायोटिक्स पनि पूरा डोज नखाने गरेको पाइएको छ जसले गर्दा पनि एन्टिबायोटिक्स ‘रेसिस्टेन्स’ हुँदै गएका छन्। यो जनस्वास्थ्यको ठूलो चुनौतीको विषय हो।’ विरामीको शरीरमा भएको ब्याक्टेरिया मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधीलाई एन्टिबायोटिक्स भनिन्छ। जुन शरीरमा विभिन्न प्रकारको संक्रमण हुँदा चिकित्सकको सल्लाहमा प्रयोग गर्ने गरिन्छ।यस्तै जति धेरै एन्टिबायोटिक्सको प्रयोग गर्दै गयो त्यति नै ब्याक्टेरियाले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता विकास गर्छन्। त्यसैले यसको आफुखुशी प्रयोग गर्नै मिल्दैन जुन रोगमा औषधी प्रयोग गर्दा पहिला सजिलै निको हुन्थ्यो तर पछि नहुने अवस्था रेसिस्टेन्स भनिन्छ र त्यो क्रम अहिले बढ्दै गएको बताउँछिन् स्वास्थ्य मन्त्रालयकी वरिष्ठ औषधी व्यवस्थापक उषा तण्डुकारको भनाइ छ। ‘धेरै एन्टिबायोटिक्सको प्रयोग गर्दै गयो यसको प्रयोगबाट ब्याक्टेरियाले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता विकास गर्छन् चिकित्सकको प्रेस्क्राइब बिना एन्टिबायोटिक्सको प्रयोग गर्न हुँदैन। तर सामान्य स्वास्थ्य समस्यामा पनि मानिसहरुले आफूखुशी यसको प्रयोग गर्दा यसको दुरुपयोग बढ्दै गएको छ’, उनले भनिन्। नेपालमा बर्सेनी एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ‚ जुन कुल औषधी आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टिबायोटिक्स औषधी उपलब्ध छन्। देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक्स औषधी उत्पादन गर्छन्। एन्टिबायोटिक्स कृषि,पशुमा पनि आवश्यकता भन्दा बढी हुँदा त्यसको असर जनस्वास्थ्यमा परिरहेको छ। पशु सेवा विभागकी उप निर्देशक प्रेरणा सेढाईँका अनुसार गाईभैँसी, सुँगुर र बाख्रामा धेरै एन्टिबायोटिक्स प्रयोग भइरहेको र त्यसको असर पशुको स्वास्थ्यमा मात्रै होइन अप्रत्यक्षरूपमा मानव स्वास्थ्यमा समेत परेको छ। ‘पशु बिरामी हुँदा ३ – ४ पटक आफैँले एन्टिबायोटिक्स दिने र त्यसपछि मात्रै उपचारका लागि अस्पताल ल्याउने गरेका छन्’, उनले भनिन्, ‘आफैँ चिकित्सक हुने, पहिला किनेर ल्याएको औषधी अन्य पशुलाई दिने गर्दा एन्टिबायोटिक्स पशुमा पनि रेसिस्ट भएको छ। यसरी धेरै एन्टिबायोटिक्स प्रयोग गरिएका भाइ भैँसीको दूध तथा यसबाट बनेका परिकार हामीले खाने गर्छौँ। यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ।’ यस्तै केही समयअघि स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकामा रहेका ब्रोइलर पोल्ट्री फार्ममा ९० प्रतिशत सम्म मानव स्वास्थ्यको लागि हानिकारक मानिएका विभिन्न प्रकारका एन्टिबायोटिक्सको प्रयोग गरेको पाइएको थियो। २० प्रतिशत फार्मले प्रोफिलेक्सिसको रूपमा एन्टिबायोटिक्स प्रयोग गरेका थिए। ८० प्रतिशतले फार्ममा राखिएका ब्रोइलर कुखुराको स्वास्थ्यको लागि एन्टिबायोटिक्स प्रयोगका लागि राखिएको पाइएको थियो, जसले गर्दा यही कुखुराको मासु मानिसले खाने हुँदा मानव स्वास्थ्यमा असर परिरहेको मन्त्रालयले जनाएको थियो। यसलाई रोक्न हाल कुखुराको दानाहरुमा एन्टिबायोटिक्स प्रयोग शून्य गर्ने तयारी खाद्य तथा गुणस्तर विभाग अन्तिम तयारी गरेको विभागले जनाएको छ। विभागका उपनिर्देशक डा‍। शैलेशकुमार झाका अनुसार मंसिर १५ गतेदेखि विशेषगरी ब्रोलर कुखुरामा प्रयोग गरिने दानामा एन्टिबायोटिक्सको प्रयोग पूर्ण निषेध गर्ने ऐन प्रयोगम ल्याइँदैछ। ‘हामीले यही मंसिर १५ गतेदेखि ब्रोइलर कुखुराको दानामा एन्टिबायोटिक्सको प्रयोग नभएको हुनुपर्ने नियम लागू गर्दैछौँ’, उनले भने, ‘यदि दानामा एन्टिबायोटिकको प्रयोग भएको पाइयो भने कारवाही हुन्छ।’ विश्व स्वास्थ्य संगठन डब्लूएचओ का अनुसार विश्वमा गलत तरिकाले एन्टिबायोटिक्स औषधीको प्रयोगबाट बर्सेनी करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ। नियन्त्रणका लागि तत्काल ठोस कदम नचाले मृत्यु हुनेको संख्या बढेर सन् २०५० सम्म वार्षिक एक करोड पुग्ने र करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने चेतावनीसमेत दिएको छ। विश्वमा पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी एन्टिबायोटिक्स पत्ता लाग्न सकेको छैन। हाल उपलब्ध एन्टिबायोटिक्स लगायतका एन्टिमाइक्रोबियल औषधीको प्रभावकारिता कम हुँदै गएको छ। मानिस, पशुपक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधीको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगको उपचारमा बाधा उत्पन्न भएको छ। मानवीय क्षतिका साथै विश्वभर करिब एक नील अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै आएको छ। एन्टिबायोटिक्सको बढ्दो दुरुपयोग नियन्त्रण गर्न हरेक वर्ष हरेक वर्ष नोभेम्बरको १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ।
थाहा खवरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!