सर्लाहीमा स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गयो

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा हिजो मंगलवार स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गएको छ । लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८ घरभइ लालबन्दी नगरपालिका–२ बस्ने वीरेन्द्र पासवानका ६ का वर्षीय छोरा आदित्य पासवानको ज्यान गएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका आदित्यको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिनुभयो । चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।