शुभकालिका गाउँपालिका वडा नं ७ र ८ बालमैत्री स्थानीय शासन युक्त वडा घोषण

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ७ र ८ मा बालमैत्री स्थानीय शासन युक्त वडा घोषण कार्यक्रम सम्पन्न भएको छ । “खुुसी राखौँ बालबालिकाको मुहार, बालमैत्री शुभकालिका समृद्धीको आधार” भन्ने मूल नाराका साथ गाउँपालिकाको वडा नं ७ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटको आर्थिक सहयोग महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहजिकरण र शुभकालिका गाउँपालिकाको आयोजनामा कार्यक्रम संचालन गरीएको थियो ।

घोषणा गरिएका दुईवटै वडाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ (ग) को उपदफा २९ को अधिकार प्रयोग गरी वडालाई संयुक्त रूपमा बालमैत्री वडा घोषणा कार्यक्रम गरिएको बताइएको छ । शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भईसकेपछि गाउँपालिकाका यी वडा बालमैत्री घोषणा भएका हुन् । कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त वडाको प्रभाकारी कार्यान्वयन र दिगोपनका लागि जनप्रतिनिधि विभिन्न राजनीतिक दल र सरोकारवाला निकायले ९ बुँदे साँझा प्रतिबद्धता जनाएका छन् ।

बालबालिका हरुको विभिन्न क्षेत्रमा निगरानी राखी उनिहरुको क्षमता अभिवृद्धिका कार्यमा अग्रसर भएर लाग्न स्थानिय सरकार लाई संस्थाले आग्रह गरेको छ । गाउँपालिका भित्र रहेर गरेका उदारहणीय कार्यहरुको उचित मुल्यांकन गर्दै गाउँपालिकाले संस्थालाइ सम्मान पत्र सहित धन्यवाद ज्ञापन गरेको छ । वडा नं ७ का वडाअध्यक्ष प्रेम बहादुर शाहीको सभाअध्यक्षता गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीको विषेश आतिथ्यता कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला समन्वय समिति सदस्य तथा कार्यवहाक प्रमुख धन बहादुर शाही, समन्वय समिति सदस्य अप्सरा कुमाल सम्पुर्ण वडाका वडा अध्यक्षहरु विभिन्न राजनीतिक दल, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही, बालकल्याण अधिकारी रन्जीता वली किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डे, सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले विश्वकर्मा सेभ द चिल्ड्रेनका शिक्षा संयोजक टिकाराम नेपाली नागरीक समाज, पत्रकारहरु लगायत सम्पुर्णको उपस्थितीमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा कार्यक्रम सम्पन्न भएको बताईएको छ । कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष दिपराज महताराले घोषणा पत्र बाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा नं ८ का वडा सचिव बिरेन्द्र शाहीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा देउडा लगायतका विभिन्न जनचेतनामुल साँस्कृतीक कार्यक्रमहरु प्रर्दशन गरिएका थिय । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्द प्रसाद आचार्यले सम्पुर्ण बालबालिका , महिला, दलित, अपांगहरुका हक अधिकार संघियताले नै व्यवस्था गरेको हुदा त्यही अनुरुप सरकार चल्ने र   आगामी दिनमा बालबालिको क्षेत्रमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

घोषणा कार्यक्रमको समापन सत्रमा बोल्दै सभाअध्यक्ष तथा वडा नं ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आगामी दिनमा बालबालिकाको क्षेत्रमा आवश्यक बजेट अनिवार्य विनियोजन गर्ने बताउनु भएको थियो । अन्तमा उहाँले ऐतीहाँसीक घोषणा कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।