कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा विगत लामो समय सम्म बालबालिकाका क्षेत्रमा काम गर्दै आईरहेको नगर स्तरिय सहयात्रा दोस्रो परियोजना समापन भएको छ । सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटको आर्थिक सहयोग तिलागुफा नगरपालिकाको आयोजनामा संस्थाले सन २०१९ देखी २०२३ सम्म शिक्षा, बाल अधिकार , बाल संरक्षण, बालबालिका सम्बन्धी शासनका क्षेत्रमा गरेका कामहरुको प्रस्तुत गर्ने, बालबालिकाको रणनितिहरु कार्यान्वयनका बारेमा स्थानिय सरकारको ध्यानकर्षण गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा दोस्रो परियोजनाले जोखिम बालबालिकाको पहिचान गर्ने विधालय भन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुगाउने, गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई उद्धार तथा राहातका कार्यहरु नगरपालिकामा गर्दै आईरहेको संस्थाले जनाएको छ । संस्थाले आफ्नो कार्यकाल समापन हुनै लाग्दा बालबालिका हरुको विभिन्न क्षेत्रमा निगरानी राखी उनिहरुको क्षमता अभिवृद्धिका कार्यमा अग्रसर भएर लाग्न स्थानिय सरकार लाई आग्रह गरेको छ । उक्त कार्यक्रममा समापन सत्र सम्म नगरपालिका भित्र रहेर गरेका उदारहणीय यस्ता कार्यहरुको उचित मुल्यांकन गर्दै संस्थालाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीको सभाअध्यक्षता, निमित्त प्रमुख प्रशासकिय अधिकृत जसेन्द्र बहादुर शाही वडा नं २ का वडा अध्यक्ष तुल बहादुर बोहोरा, शिक्षा शाखा प्रमुख नविन्द्र बहादुर हमाल, वडा नं ४ का कार्यवहाक अध्यक्ष तिर्थ बहादुर शाही, किर्डाक नेपाल कालिकोटका परियोजना संयोजक तुलाराम पाण्डे सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले विश्वकर्मा सेभ द चिल्ड्रेनका शिक्षा संयोजक टिकाराम नेपाली लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक, विधार्थी, किशोरी समुह, बाल क्लव, युवा क्लव धामीझाक्री समुह लगायत सम्पुर्णको उपस्थीतिमा कार्यक्रम समापन भएको जानकारी प्राप्त भएको छ ।
कार्यक्रममा परियोजनाले पाँच वर्ष सम्म गरेका कार्य र उपलब्धि हरुको बारेमा रिर्पोट समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै सम्पुर्ण वक्ताहरुले सहयात्रा दोस्रो परियोजनाले शिक्षा, बाल संरक्षण, बाल अधिकार शासन, समाज रुपान्तरणका विषयमा महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो । आगामी दिनमा परियोजना फेरि आउनुपर्ने सहभागिहरुले धारणा समेत राख्नु भएको थियो । कार्यक्रम समापन गर्दै सभा अध्यक्ष तथा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले परियोजना समापन हुनुले नगरपालिकालाई थप भार थपिएको बताउनु भएको छ ।
साथै उहाँले परियोजनाले विभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आफ्ना कार्यहरु सफल पारेको समेत बताउनु भयो । परियोजनाले बनाएका नितिहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्दै बालबालिकाको क्षेत्रमा आगामि दिनमा पन्ध्र प्रतिशत भन्दा बढी बजेट अनिवार्य विनियोजन गर्ने बताउनु भयो । संस्थाले घर विधालय र समुदायमा बालक र बालिका माथकिो हिंसा अन्त्य हुने, स्थानिय प्रादेशिक र संघिय सरकारहरु बालबालिकाहरु प्रति राज्यको दायित्व पुरा गर्न जवाफदेहि हुने, अपाङ्गता सहित सिमान्तकृत र पिछडिएको समुदायमा रहेका बालबालिकाहरुका गुणस्तरिय सिकाई बातावरणमा सुरक्षित सात काम गर्ने लगाएत शिक्षा तथा बालबालिकामा लक्षित कार्यक्रम हरु सञ्चालन गर्दै आएको थियो ।