कालिकोट जिल्लाको महावै गाउँपालिकामा उद्घाटन गरिएको दोस्रो अध्यक्ष कप पादम घाट मेलामा १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका भलिबल खेलाडीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा महावै गाउँपालिकाका भलिबल खेलाडीहरुले दोस्रो स्थान ल्याउन सफल भएका थिय । खेलाडीहरु राष्ट्रका गहना सँगै स्थान चिनाउने उदारहणीय पात्र भएकाले उनिहरुको क्षमता अभिवृद्धिमा मनोबल बढाउने उदेश्यले गाउँपालिकाले आफ्नो तर्फबाट रु. १० हजार नगद सहित सम्मान गरेको बताईएको छ । खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागी गाउँपालिकाले धन्यवाद दिनुका साथै सम्मान गरेको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजनले) बताउनु भएको छ ।
१४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका खेलाडी लार्ई सम्मान।
तपाईको प्रतिक्रिया
तिलान्यूज । ४ मंसिर २०८०, सोमबार १९:३२