काठमाडौँ इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द गरेको आरोप लगाएका छन्।सोमवार टिकटक प्रतिबन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने उनले बताए। सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने बताए।टिकटक प्रतिबन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिबन्ध लगाएको बुझ्न सकिने उनको भनाइ थियो। उनले टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताए।अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताए। सरकारले आम जनताको अभिव्यक्त गर्ने माध्यमलाई खोसेको उनले बताए।टिकटक बन्द गर्नुमा सरकारभन्दा पनि मिलेमतो भएको जस्तो लाग्छ। जसरी भित्र, बाहिरका कुरा आएका छन्‚ टिकटकमा प्रतिबन्ध सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो। यो फिर्ता भएन भने अदालतले आधारमा बसेर निर्णय गर्ने हो भने हाम्रो संविधानले मानेको अन्तरराष्ट्रिय सन्धीहरु र हाम्रो जुन प्रणाली छ त्यसका आधारमा हेर्ने हो भने यो टिकटकको प्रतिबन्ध मनासिव छँदै छैन‚’ उनले भने, ‘यो बन्देजमुखी कदम हो। भारतमा प्रतिबन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो। कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन्।’टिकटकजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै जाने हो भने अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नसक्ने सम्भावना रहेको उनले बताए।अमेरिकाजस्ता देशहरुले यसमा तथ्यांकको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे तर आम जनतालाई प्रतिबन्ध गरेनन्। सरकारले प्रतिबन्ध गरेको निर्णयमा भनिएको के छ भने समाज, चरित्र के भनिएको छ‚’ उनले भने‚ ‘कि त तथ्यांकको सुरक्षाका लागि भनेको भए हुन्थ्यो‚ त्यो पनि भन्न सकेको छैन। त्यही आधार हो भने सबैकुरा बन्देज गर्दै जानुपर्ने हुन्छ। यसरी स्थायी रुपमा प्रतिबन्ध भनेर गर्न मिल्दैन। यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन। सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ।
थाहा खबर बाट साभार गरिएको हो