कालिकोट जिल्लाको महावै गाउँपालिकामा उद्घाटन गरिएको दोस्रो अध्यक्ष कप पादम घाट मेलामा १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सटफुटतर्फ प्रथम भएकी बिजेता आशा सेजुवाललाई गाउँपालिकाले सम्मान गरेको छ । कालिका माध्यामिक विधालय गेलाकी आशा सेजुवालले १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी छन् । विजेता सेजुवाललाई महावै गाउँपालिकाले आफ्नो तर्फबाट ५ हजार नगद सहित सम्मान गरेको हो । खेलाडीहरुको हौसला प्रदान गर्नको लागी गाउँपालिकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भएको छ । सिंहका अनुसार थप रजत र कास्य पदक दिलाउने खेलाडीलाई गाउँपालिकाले भोलि सम्मान गर्ने बताउनु भएको छ ।
१४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बिजेतालाई सम्मान
तपाईको प्रतिक्रिया
तिलान्यूज । ३ मंसिर २०८०, आईतवार १९:३६