बालमैत्री स्थानिय शासन दिगोपनाका लागी वडा घोषणा

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा बालमैत्री स्थानिय शासन दिगोपनाका लागी वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । खुसी राखौँ बालबालिकाको मुहार’’ बाल मैत्री तिलागुफा समृद्धिको आधार’’ भन्ने मुल नाराका साथ बाल मैत्री स्थानिय शासन युक्त वडा घोषणा गरिएकोे हो । सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटको आर्थिक सहयोग तिलागुफा नगरपालिका वडा नं ९,१० र ११को आयोजना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा तिलागुफानगर पालिकाको सहजीकरणमा वडाहरुलाई बाल मैत्री स्थानिय शासन वडा घोषणा गरिएकोे नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनु भएको छ । कार्यक्रममा हुट्के नाच, देउडा लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । नगरपालिकाले बालबालिकाहरुको आवाजलाई आत्मसाथ गर्न बाल मैत्री स्थानिय शासनयुक्त वडाको प्रभावकारी कार्यान्वयन दिगोपनाका लागि साझा प्रतिवद्धताहरु जाहेर गरेको छ । कार्यक्रममा बालबालिकाहरुका सवाल सम्बन्धी अतिथि तथा प्रमुख अतिथिहरुले आफ्ना महत्वपुर्ण भनाई राख्नु भएको थियो । वडा नं १० का वडा अध्यक्ष मुन बहादुर थापाको सभाअध्यक्षता, नगरप्रमुख शंकर प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता , नगरउपप्रमुख महेन्द्र बहादुर शाही, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली , जिल्ला समन्वय समिति सदस्य बिर बहादुर रावतको विषेश आतिथ्यता , जिल्ला प्रहरि कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक(डि.एस.पी) अर्जुन केसी राष्ट्रीय अनुसन्धान आयोग कालिकोटका प्रमुख नित्यानन्द ढुंगाना ,जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत,किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे जिल्ला स्थीत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि,,सरकारि तथा गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सम्पुर्णको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको बताईएको छ ।

error: Content is protected !!