खेल क्षेत्र विकास समृद्धिका लागि दोस्रो अध्यक्षकप मेलाको उद्घाटन ।

कालिकोट जिल्लाको महावै गाउँपालिकामा दोस्रो अध्यक्ष कप पादम घाट मेलाको उद्घाटन गरिएको छ । महावै गाउँपलिकाको आर्थिक सहयोगमा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ दोस्रो अध्यक्ष कप मेलाको आयोजना गरिएको समाज कल्याण युवा मञ्च समितिले जनाएको छ । मेलामा समाज कल्याण युवा मञ्चका अध्यक्ष अली बहादुर सिंहको सभाअध्यक्षता , कालिकोट जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश बहादुर शाही (विद्रोही)को प्रमुख आतिथ्यता , महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजन , तिलागुफानगर पालिका उपप्रमुख महेन्द्र बहादुर शाही, राष्ट्रीय भुमी आयोग कालिकोट जिल्ला अध्यक्ष चित्र सिंह गाउँले महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अनुशासन आयोगका सदस्य सर्पराज सिंह , राष्ट्रीय भलिबल खेलाडि खेमराज गिरि, सम्पुर्ण वडाका अध्यक्षहरु सम्पुर्ण वडाका सचिव, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु , सरकारि तथा गैरसरकारि संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , जिल्ला स्थीत राजनिति दलका प्रमुख तथा प्रतिनिधि हरु, विधालय व्यवस्थापन समिति अध्यक्ष तथा सम्पुर्ण शिक्षक वुद्धिजिवि नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी सम्पुर्ण खेलाडिहरु लगायतको उपस्थीतिमा दोस्रो अध्यक्ष कप मेलाको उद्घाटन गरिएको पत्रकार डम्मर शाहीले खबर पठाउनु भएको छ । खेल क्षेत्रको विकास र समृद्धिका लागि खेलाडीहरुको उच्च मनोबल बनाउने उदेश्यले गाउँपालिकामा मेलाको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजनले) बताउनु भएको छ । मेला प्रतियोगितामा अन्तरपालिकाका १६ वटा भलिबल टिमको सहभागिता रहेको छ । उक्त मेलामा भलिबल देउडा लगायतका विभिन्न साँस्कृति कार्यक्रम हरु समेत प्रस्तुत गरिने छ भने मेला मंसिर ५ गते सम्म संचालन हुने मेला संचालन समितिका संयोजक रत्न बहादुर सिंहले जानकारी दिनु भएकोे छ ।

error: Content is protected !!