२ मंसिर, काठमाडौं । मौसममा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।आज देशको पहाडी भू भागमा आंशिक बदली भएको छ । बाँकी भू भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । केही ठाउँमा हिमपात हुने र चिसो बढिरहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको हो ।
अनलाईन खवरवाट साभार